बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भोटेकोशीमा तिब्बतबाट एक्कासि ठूलो बाढी, पाँच जिल्लामा सतर्कता

भोटेकोशीमा तिब्बतबाट एक्कासि ठूलो बाढी, पाँच जिल्लामा सतर्कता

मेगा खबर संवाददाता

१०, भाद्र २०८३
  • 289
    SHARES

  • भोटेकोशीमा तिब्बतबाट एक्कासि ठूलो बाढी, पाँच जिल्लामा सतर्कता

    काठमाडौं,रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो ।

    बाढीबाट भएको क्षतिको यकिन विवरण भने आइसकेको छैन । ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन,’ उनले भने ।

    भोटेकोशीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    बुधवार, भाद्र १० २०८३१०:४१:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार