बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तीन वर्षीया बालिकाको हत्या विरोधमा सडकमा आक्रोश, पथलैया–वीरगन्ज सडक ठप्प

तीन वर्षीया बालिकाको हत्या विरोधमा सडकमा आक्रोश, पथलैया–वीरगन्ज सडक ठप्प

मेगा खबर संवाददाता

४, भाद्र २०८३
  • 433
    SHARES

  • तीन वर्षीया बालिकाको हत्या विरोधमा सडकमा आक्रोश, पथलैया–वीरगन्ज सडक ठप्प

    बाराको जीतपुरसिमरा–१ की तीन वर्षीया गरिमा चौधरीको हत्या विरोधमा स्थानीयवासीको प्रदर्शन आज पनि जारी छ ।

    पीडित परिवार र स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेपछि पथलैया–वीरगन्ज सडकखण्ड ठप्प भएको छ । सयौँ सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।

    गरिमाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    प्रदर्शनकारीले दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन् ।

    बिहिवार, भाद्र ४ २०८३११:२८:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार