बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति, यूएई जानेको संख्या सर्वाधिक

साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति, यूएई जानेको संख्या सर्वाधिक

मेगा खबर संवाददाता

२, भाद्र २०८३
  • 592
    SHARES

  • साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति, यूएई जानेको संख्या सर्वाधिक

    काठमाडौं, साउन महिनामा वैदेशिक रोजगारीमा जान ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला छन् ।

    साउनमा ४२ हजार ६९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । नयाँ श्रम स्वीकृति लिनेमध्ये २९ हजार ४४७ जना म्यानपावर कम्पनीमार्फत र १२ हजार ४४२ जना व्यक्तिगत प्रक्रियाबाट वैदेशिक रोजगारीमा गएका छन् । ‘जीटुजी’ प्रक्रियामार्फत ७१२ जनाले श्रम स्वीकृति लिएका छन् ।

    गन्तव्य मुलुकतर्फ साउनमा सबैभन्दा धेरै नेपाली श्रमिक यूएई गएका छन् । यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६० र साउदी अरबका लागि ८ हजार ६१३ जनाले श्रम स्वीकृति लिएका छन् ।

    गत असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएकोमा साउनमा यो संख्या १ हजार ७९ ले बढेको हो । त्यस्तै, आर्थिक वर्ष २०८२८३ मा ७ लाख ९२ हजार १८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ।

    मंगलवार, भाद्र २ २०८३०३:१७:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार