इलाम, देउमाई नगरपालिका–७, सिद्धिथुम्का निवासी तथा हाल इलाम नगरपालिका–८, धोविधारामा बस्दै आउनुभएकी रञ्जना दियाली पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।
राम प्रसाद दियालीकी श्रीमती रञ्जना सम्पर्कमा नआएपछि परिवारले उहाँको खोजी गरिरहेको जनाएको छ । खोजीका क्रममा उहाँ झापाको बउन्डाँगी निवासी भनिएका उमेश बस्नेत नामका व्यक्तिसँग सम्पर्कमा रहेको हुनसक्ने जानकारी प्राप्त भएको परिवारले जनाएको छ । यद्यपि, उक्त जानकारीको आधिकारिक पुष्टि भने भइसकेको छैन ।
रञ्जनाको अवस्थाबारे कुनै जानकारी वा उहाँलाई कतै देखेको भए परिवारलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ । साथै, नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराउन परिवारले आग्रह गरेको छ ।
रञ्जनाका श्रीमान् राम प्रसाद दियालीको सम्पर्क नम्बर ९८१३५००२९१ रहेको छ ।
परिवारले रञ्जनाको सुरक्षित खोजीमा सहयोग पुर्याउन सबैमा आग्रह गर्दै उहाँको तस्बिर तथा यो सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्याइदिन अनुरोध गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।