बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भोटेकोशी नदीको बहाव पहिरोले रोकिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशी नदीको बहाव पहिरोले रोकिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मेगा खबर संवाददाता

२८, श्रावण २०८३
  • 727
    SHARES

  • भोटेकोशी नदीको बहाव पहिरोले रोकिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फ न्यालमस्थित झङ्मु पोस्ट नजिकै भिरबाट ढुङ्गामाटोसहितको पहिरो खसिरहेको र त्यसले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा अवरुद्ध भएको जनाइएको छ ।

    नदीको बहाव थप अवरुद्ध भई अचानक पानीको मात्रा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बाह्रबिसे बजार, बलेफी गाउँपालिकाका तल्लो तटीय क्षेत्र,ड्यामसाइट, लामोसाँघु,खाडीचौर,अँधेरी,कोठे,बलेफी,सुकुटे,चेहेरे तथा दोलालघाट बजार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरिएको छ ।

    बिहिवार, श्रावण २८ २०८३११:००:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार