बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा, १५ बुँदे निर्णय सार्वजनिक

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा, १५ बुँदे निर्णय सार्वजनिक

मेगा खबर संवाददाता

२२, श्रावण २०८३
  • 673
    SHARES

  • भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा, १५ बुँदे निर्णय सार्वजनिक

    काठमाडौं, नेपाल शिक्षक महासंघले आगामी भदौदेखि सरकारविरुद्ध आन्दोलन अघि बढाउने घोषणा गरेको छ । महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले विभिन्न शैक्षिक तथा पेसागत मागलाई लिएर आन्दोलनमा जाने निर्णय गरेको हो ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले परिषद् बैठकबाट पारित १५ बुँदे निर्णय सार्वजनिक गरेको छ। बैठकले भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय गरे पनि आन्दोलनको ठ्याक्कै मिति र कार्यक्रम भने पछि तय गरिने जनाएको छ ।

    महासंघका अनुसार आन्दोलनको मिति, स्वरूप र कार्यक्रम निर्धारण गर्ने जिम्मेवारी विस्तारित कार्यदलीय बैठकलाई दिइएको छ । सोही बैठकले शिक्षकका माग र पछिल्लो शैक्षिक अवस्थालाई ध्यानमा राख्दै आन्दोलनको कार्यक्रम टुंगो लगाउनेछ ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतदेखि उठाउँदै आएका मागसँगै पछिल्लो समय देखिएका नयाँ शैक्षिक तथा पेसागत मुद्दालाई समेत समेटेर आन्दोलन गर्ने निर्णय गरिएको बताए ।

    शिक्षकका पेसागत समस्या तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित माग सम्बोधनका लागि सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनको तयारी गरिएको महासंघले जनाएको छ ।

    शुक्रवार, श्रावण २२ २०८३०२:१७:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार