बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ग्वार्को बस दुर्घटनामा मृत्यु हुने महिलाको पहिचान खुल्यो, १८ घाइतेमध्ये एकको अवस्था गम्भीर

ग्वार्को बस दुर्घटनामा मृत्यु हुने महिलाको पहिचान खुल्यो, १८ घाइतेमध्ये एकको अवस्था गम्भीर

मेगा खबर संवाददाता

२१, श्रावण २०८३
  • 727
    SHARES

  • ग्वार्को बस दुर्घटनामा मृत्यु हुने महिलाको पहिचान खुल्यो, १८ घाइतेमध्ये एकको अवस्था गम्भीर

    काठमाडौं, ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने महिलाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने दोलखाकी ४० वर्षीया जेनिशा लामा रहेको प्रहरीले जनाएको छ ।

    बिहीबार बिहान करिब १०:१५ बजे कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको मध्यपुर यातायातको बस ग्वार्कोस्थित फ्लाइओभरको भित्तामा ठोक्किएर पल्टिएको थियो। दुर्घटनामा चालकसहित १८ जना यात्रु घाइते भएका छन् ।

    बस चालक काभ्रे तिमाल घर भई हाल भक्तपुर मालपोत बस्ने ३६ वर्षीय लक्षी तामाङलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

    घाइतेमध्ये नौ जनाको बीएन्डबी अस्पताल र बाँकी नौ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ । बीएन्डबी अस्पतालमा उपचाररत रामेछापकी २३ वर्षीया सुन्निमा योन्जनको अवस्था गम्भीर रहेको जनाइएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । प्रारम्भिक रूपमा बस अनियन्त्रित भई फ्लाइओभरको भित्तामा ठोक्किएपछि पल्टिएको देखिएको छ ।

    बिहिवार, श्रावण २१ २०८३१२:५३:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार