काठमाडौं, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नयाँ सङ्गठन संरचना अनुसार कुल १०५ कर्मचारीको दरबन्दी कायम गरेको छ । मन्त्रालयले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन विभिन्न सेवा, समूह र तहका कर्मचारीको संरचना सार्वजनिक गरेको हो।
स्वीकृत संरचना अनुसार मन्त्रालयमा १ सचिव,६ सहसचिव,१६ उपसचिव र २५ शाखा अधिकृत रहनेछन् । त्यस्तै,२३ नायब सुब्बा, ७ खरिदार,९ हलुका सवारी चालक र १८ कार्यालय सहयोगीको दरबन्दी पनि कायम गरिएको छ ।
मन्त्रालयका सूचना अधिकारी भुमिश्वर खनालका अनुसार अधिकांश पद न्याय तथा कानुन समूहका कर्मचारीबाट पूर्ति गरिनेछ भने प्रशासन,लेखा,पुस्तकालय विज्ञान,इन्जिनियरिङ र कम्प्युटरतर्फका कर्मचारीको समेत व्यवस्था गरिएको छ ।
नयाँ संरचनाले मन्त्रालयको प्रशासनिक, कानुनी र प्राविधिक कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।