बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लिपिङमा पहिरो, अरनिको राजमार्ग पूर्ण अवरुद्ध; चीनसँगको व्यापारिक नाका प्रभावित

लिपिङमा पहिरो, अरनिको राजमार्ग पूर्ण अवरुद्ध; चीनसँगको व्यापारिक नाका प्रभावित

मेगा खबर संवाददाता

१९, श्रावण २०८३
  • 844
    SHARES

  • लिपिङमा पहिरो, अरनिको राजमार्ग पूर्ण अवरुद्ध; चीनसँगको व्यापारिक नाका प्रभावित

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित लिपिङ क्षेत्रमा मंगलबार बिहान पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार बिहान करिब ९ः३० बजे सडकमाथिबाट ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो ।

    सडक अवरुद्ध भएसँगै नेपाल–चीन व्यापारका लागि प्रयोग हुने प्रमुख कोदारी नाका हुँदै हुने सवारी आवागमन र मालवाहक ढुवानीसमेत प्रभावित भएको छ ।

    सुरक्षा निकाय र सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । सडक खुलाउने समय भने अझै तय भएको छैन । यात्रु तथा चालकलाई वैकल्पिक व्यवस्था अपनाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

    मंगलवार, श्रावण १९ २०८३१२:११:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार