सिरहा, १४ साउन, सिरहामा दुई पक्षबीच भएको झडपमा दुई जना घाइते भएका छन् । सुनसरीमा भएको साम्प्रदायिक तनावको प्रभाव सिरहासम्म पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्युका बाबजुद प्रदर्शन जारी रहँदा आगजनी र तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।
प्रदर्शनका क्रममा घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गर्दा ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।