काठमाडौँ, सर्वोच्च अदालतले ट्राफिक प्रहरीले चालकको लाइसेन्स, ब्लुबुक वा सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी ठहर गर्दै यस्तो कार्य रोक्न निर्देशन दिए पनि व्यवहारमा भने यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
सर्वोच्चले २०८२ पुस ६ गते जारी गरेको आदेशमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले ट्राफिक प्रहरीलाई चालकका कागजात कब्जामा लिने अधिकार नदिएको स्पष्ट गरेको थियो । अदालतले नागरिक एप र ई–चलान प्रणाली उपलब्ध भइसकेको अवस्थामा भौतिक कागजात नियन्त्रणमा लिनु अधिकारको दुरुपयोग हुने उल्लेख गरेको छ ।
यद्यपि, आदेशपछि पनि विभिन्न स्थानमा ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक जफत गर्ने क्रम नरोकिएको चालकहरूको गुनासो छ । रिट निवेदक विवेक चौधरीले अदालतको आदेश कार्यान्वयन नगर्ने प्रहरी कर्मचारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गर्ने तयारी गरेको बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।