काठमाडौं, सुक्खा पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
मंगलबार दिउँसो करिब ३ बजे मुग्लिन नजिक खहरे खोलास्थित क्षेत्रमा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय भरतपुरले तत्काल पहिरो पन्छाउने काम थालेको थियो ।
डिभिजन कार्यालयका अनुसार पहिरो हटाएपछि सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिएको छ । अहिले दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेका छन् ।
यद्यपि वर्षायामका कारण उक्त सडकखण्डमा पुनः पहिरो खस्ने जोखिम रहेकाले चालकलाई सतर्क भएर यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।