मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

नाबालिकाको डिम्ब कारोबार आरोपमा एक महिला पक्राउ, चिकित्सकसहित अन्यको खोजी

नाबालिकाको डिम्ब कारोबार आरोपमा एक महिला पक्राउ, चिकित्सकसहित अन्यको खोजी

मेगा खबर संवाददाता

८, श्रावण २०८३
  • 880
    SHARES

  • नाबालिकाको डिम्ब कारोबार आरोपमा एक महिला पक्राउ, चिकित्सकसहित अन्यको खोजी

    काठमाडौं, नाबालिकाको डिम्ब कारोबार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरले लमजुङकी राधिका गोतामेलाई साउन १ गते पक्राउ गरेको हो। उनी ललितपुरको इमाडोलमा ब्युटिसियनका रूपमा काम गर्दै आएकी थिइन् ।

    प्रहरीका अनुसार गोतामेले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ केन्द्रमा डिम्ब झिक्न लगाएको आरोप छ । उनले डिम्ब झिकेबापत ३० हजार रुपैयाँ पाएको बयान दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

    डिम्ब झिकिएपछि किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि घटना प्रहरीसम्म पुगेको थियो । एसपी मिश्रका अनुसार किशोरीले चिनेकै एक साथीमार्फत राधिकासँग भेट भएको र उनैले अस्पताल लगेर डिम्ब झिक्न लगाएको बयान दिएकी छन् ।

    प्रहरीले घटनामा संलग्न चिकित्सकसहित अन्य व्यक्तिको पनि खोजी गरिरहेको जनाएको छ । यस प्रकरणमा मानव बेचबिखन सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान जारी छ ।

    यसअघि पनि नाबालिकाको डिम्ब तस्करीसम्बन्धी अर्को प्रकरणमा अनुसन्धान भए पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उक्त विषय विवादमा परेको थियो ।

     
     
     

    शुक्रवार, श्रावण ८ २०८३०४:०५:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार