काठमाडौं, काठमाडौं जिल्लामा पछिल्लो एक वर्षमा साइबर ठगीका २ हजार ३२५ वटा घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्युतीय माध्यमबाट हुने अपराध तीव्र रूपमा बढ्दै गएको जनाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार साइबर अपराध अहिले सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रूपमा देखिएको छ ।
प्रहरीका अनुसार २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अनलाइन ठगीबाट बच्न अपरिचित लिंक,वेबसाइट वा एप प्रयोग गर्दा सावधानी अपनाउन,व्यक्तिगत तथा बैंकिङ विवरण कसैसँग साझा नगर्न र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।