काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई जरिवाना गरेको छ।
विभागका अनुसार खरिद बिल–बिजक नराखेको पाइएपछि किसु चमेनागृह लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(घ) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको हो । उक्त फर्मले ऐनको दफा १५ अनुसार आवश्यक खरिद बिल–बिजक नराखेको विभागले जनाएको छ ।
त्यसैगरी, काठमाडौंको जडीबुटीस्थित क्याल्मेरा अटाएर प्रालि लाई अनुगमनका क्रममा देखिएको कैफियतका आधारमा ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
विभागले यसपटक कुल १२ वटा फर्म मा अनुगमन गरेको थियो। तीमध्ये दुई फर्मलाई जरिवाना गरिएको छ भने बाँकी १० वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ ।
विभागका अनुसार उद्योग तथा व्यवसायहरूको अनुगमन उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम नियमित रूपमा भइरहेको छ । बजारमा स्वच्छता कायम राख्ने, अखाद्य वस्तुको बिक्री–वितरण रोक्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल–बिजक उपलब्ध गराउने उद्देश्यले नियमित अनुगमन र आवश्यक कारबाहीलाई निरन्तरता दिइने विभागले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।