काठमाडौं, चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका विभिन्न निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।
आयोगले गत असार २६ गते खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको थियो । सोही प्रक्रिया अनुसार मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको हो ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल, प्रा।डा। दीपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. दिलीप शर्मा, प्रा.डा. विनोदकुमार यादव, प्रा.डा.मृगेन्द्र अमात्य, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सन्ध्या चापागाईँ आचार्य, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. सैलेस प्रधान रहेका छन् ।
आयोगका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते (शुक्रबार) सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गरिनेछ ।
निर्देशक नियुक्ति प्रक्रिया खुला प्रतिस्पर्धामार्फत अघि बढाइएको आयोगले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।