मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

कर प्रणाली अद्यावधिक हुँदै, एक सातासम्म अत्यावश्यकबाहेक यातायात कार्यालय नजान विभागको आग्रह

कर प्रणाली अद्यावधिक हुँदै, एक सातासम्म अत्यावश्यकबाहेक यातायात कार्यालय नजान विभागको आग्रह

मेगा खबर संवाददाता

४, श्रावण २०८३
  • 700
    SHARES

  • कर प्रणाली अद्यावधिक हुँदै, एक सातासम्म अत्यावश्यकबाहेक यातायात कार्यालय नजान विभागको आग्रह

    काठमाडौं : यातायात व्यवस्था विभागले सेवाग्राहीलाई अत्यावश्यक कामबाहेक आगामी एक सातासम्म यातायात कार्यालयमा नजान आग्रह गरेको छ । विभागले नयाँ करका दर लागू गर्ने,डाटाबेस स्थानान्तरण (Database Migration) तथा प्रणाली अद्यावधिकको काम भइरहेकाले सेवा प्रवाहमा केही प्रभाव पर्न सक्ने जनाएको हो ।

    विभागले जारी गरेको सूचना अनुसार यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न डिजिटल प्रणालीलाई थप व्यवस्थित,प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले प्राविधिक सुधारको काम भइरहेको छ । यस क्रममा प्रदेश सरकारबाट निर्धारण गरिएका नयाँ करका दररेट प्रणालीमा प्रविष्टि तथा मिलान गर्ने कार्यसमेत जारी रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार यी सम्पूर्ण काम सम्पन्न हुन करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ । त्यसैले अत्यावश्यक कामबाहेक सवारी दर्ता,नवीकरण,लाइसेन्स लगायतका सेवा लिन चाहने सेवाग्राहीलाई २०८३ साउन ८ गतेपछि सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    विभागले प्राविधिक सुधारपछि सेवा अझ सहज,छिटो र व्यवस्थित हुने विश्वास व्यक्त गर्दै सेवाग्राहीलाई केही दिन धैर्य गर्न आग्रह गरेको छ ।

    सोमवार, श्रावण ४ २०८३०२:३८:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार