काठमाडौँ, सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउने र बढ्दो महँगीको प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । नयाँ आर्थिक वर्ष २०८३०८४ सुरु भएसँगै यो व्यवस्था आजदेखि लागू भएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिएका थिए । पछिल्ला चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई ध्यानमा राख्दै हाल कायम रहेको महँगी भत्तालाई यथावत् राखिएको उनले बताएका थिए ।
यस्तै,कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको पनि बजेटमार्फत घोषणा गरिएको थियो ।
नयाँ व्यवस्थासँगै कर्मचारीहरूले हाल प्राप्त गरिरहेको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने सरकारको दाबी छ ।
तलब वृद्धिपछि निजामती, जङ्गी तथा शिक्षक कर्मचारीहरूको ग्रेडसहितको न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँ पुगेको छ भने उच्च तहका कर्मचारीहरूको तलब १ लाख रुपैयाँभन्दा बढी कायम भएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।