मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

नेप्सेमा सामान्य सुधार, कारोबार ६ अर्ब २६ करोड नाघ्यो

नेप्सेमा सामान्य सुधार, कारोबार ६ अर्ब २६ करोड नाघ्यो

मेगा खबर संवाददाता

८, श्रावण २०८३
  • 1.0K
    SHARES

  • नेप्सेमा सामान्य सुधार, कारोबार ६ अर्ब २६ करोड नाघ्यो

    काठमाडौं, साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ । परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ ।

    यस दिन ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। बिहीबार भने ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो ।

    कारोबारमा १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    शुक्रबार एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर ६५१ रुपैयाँ १० पैसा पुगेको छ । आत्मनिर्भर लघुवित्तको सेयर १४.४६ प्रतिशतले बढ्दै प्रतिकित्ता ६ हजार ६५९ रुपैयाँ कायम भएको छ ।

    १० प्रतिशत सानिमा बैंक डिबेन्चरको मूल्य ८.९२ प्रतिशतले घटेर प्रतिडिबेन्चर १,१०१ रुपैयाँ ५० पैसामा झरेको छ । कर्पोरेट डेभलपमेन्ट कम्पनीको सेयर पनि ७.३८ प्रतिशतले घटेर प्रतिकित्ता १,३३३ रुपैयाँ ८० पैसामा सीमित भएको छ ।

    कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रह्यो । कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर रहँदा २७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

    समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ मध्ये ७ समूहको परिसूचक बढेको र ६ समूहको घटेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले वृद्धि भएको छ ।

     
     
     

    शुक्रवार, श्रावण ८ २०८३०३:३५:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार