काठमाडौं, सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारी साधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको छ ।
चौतर्फी आलोचना र समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरी सक्रिय बन्दै सिंहदरबारभित्र अव्यवस्थित तथा नियमविपरीत पार्किङ गरिएका सवारी साधनमा ह्विल लक लगाउने अभियान सुरु गरेको हो ।
![]()
![]()
ट्राफिक प्रहरीले तोकिएको स्थानबाहेक पार्किङ नगर्न तथा ट्राफिक नियमको पालना गर्न सबै सवारीधनीलाई आग्रह गरेको छ । नियम उल्लङ्घन गर्ने सवारीमाथि आवश्यक कारबाहीलाई निरन्तरता दिइने पनि जनाएको छ ।
![]()
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।