काठमाडौं,नेपालमा दर्ता भएका विदेशी औषधि उत्पादक कम्पनीहरूको स्थलगत निरीक्षण तीन वर्षदेखि हुन सकेको छैन ।
औषधि व्यवस्था विभागका अनुसार वार्षिक कार्यक्रममै निरीक्षण समावेश भए पनि आवश्यक स्वीकृति र प्रक्रिया अघि नबढ्दा अनुगमन रोकिएको हो ।
विभागले गुणस्तर सुनिश्चित गर्न एचपीभी खोप, एन्टी स्नेक भेनम, यलो फिभर खोप तथा अन्य जीवनरक्षक औषधि उत्पादन गर्ने कम्पनीहरूको नियमित निरीक्षण गर्ने व्यवस्था रहे पनि पछिल्ला तीन वर्षदेखि यो कार्य ठप्प छ ।
औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि निरीक्षण वार्षिक कार्यक्रम भए पनि अनुगमन हुन नसकेको बताइन् ।
विभागका अधिकारीहरूले निरीक्षण पुनः सुरु गर्न सम्बन्धित निकायसँग आवश्यक प्रक्रिया अघि बढाइएको बताएका छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।