बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बुढानीलकण्ठ मन्दिर परिसरमा भारतीय नम्बर प्लेटको गाडी प्रवेश, स्थानीयवासीको आपत्ति

बुढानीलकण्ठ मन्दिर परिसरमा भारतीय नम्बर प्लेटको गाडी प्रवेश, स्थानीयवासीको आपत्ति

मेगा खबर संवाददाता

२०, आषाढ २०८३
  • 643
    SHARES

  • बुढानीलकण्ठ मन्दिर परिसरमा भारतीय नम्बर प्लेटको गाडी प्रवेश, स्थानीयवासीको आपत्ति

    काठमाडौं,  बुढानीलकण्ठ मन्दिर परिसर,जहाँ सुरक्षा व्यवस्था तथा धार्मिक मर्यादालाई ध्यानमा राख्दै कुनै पनि सवारीसाधन प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ । त्यही क्षेत्रमा भारतीय नम्बर प्लेट भएको एउटा सवारीसाधन प्रवेश गराई रातभर पार्किङ गरिएको घटनाले स्थानीयवासीबीच असन्तुष्टि उत्पन्न गरेको छ ।

    स्थानीयवासीका अनुसार सर्वसाधारणका लागि कडाइका साथ लागू गरिने नियम प्रभावशाली व्यक्ति वा विशेष पहुँच भएकाहरूका हकमा भने उल्लङ्घन गरिएको देखिएको छ । उनीहरूले कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै पद,शक्ति वा पहुँचका आधारमा फरक व्यवहार गरिनु कानुनी शासन र सुशासनको सिद्धान्तविपरीत भएको बताएका छन् ।

    स्थानीयले उक्त सवारीसाधन कसको अनुमति वा निर्देशनमा मन्दिर परिसरभित्र प्रवेश गराइएको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। साथै, यदि नियम उल्लङ्घन भएको पुष्टि भएमा संलग्न व्यक्ति वा निकायमाथि कानुन बमोजिम निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

    यस घटनाले धार्मिक स्थलको सुरक्षा, नियम कार्यान्वयनमा समानता तथा सार्वजनिक निकायको जवाफदेहितामाथि प्रश्न उठाएको भन्दै स्थानीयवासीले सम्बन्धित निकायबाट आधिकारिक स्पष्टीकरणको अपेक्षा गरेका छन् ।

    शनिवार, आषाढ २० २०८३०४:१२:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार