बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेयरकै घरअगाडि महिनौंदेखि फोहोरको थुप्रो, सडक अवरुद्ध हुँदा स्थानीय आक्रोशित

मेयरकै घरअगाडि महिनौंदेखि फोहोरको थुप्रो, सडक अवरुद्ध हुँदा स्थानीय आक्रोशित

मेगा खबर संवाददाता

२०, आषाढ २०८३
  • 712
    SHARES

  • मेयरकै घरअगाडि महिनौंदेखि फोहोरको थुप्रो, सडक अवरुद्ध हुँदा स्थानीय आक्रोशित

    काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–१० मा पर्ने नगर प्रमुख मीठाराम अधिकारीको निवाससँगै रहेको सडकमा महिनौंदेखि फोहोरको थुप्रो थुप्रिँदा स्थानीय बासिन्दाले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

    स्थानीयका अनुसार फोहोर लामो समयदेखि नउठाइँदा सडक आंशिक रूपमा अवरुद्ध भएको छ भने सर्वसाधारणलाई दैनिक आवतजावतमा समेत कठिनाइ भइरहेको छ । वडा नं.१० अन्तर्गत पर्ने उक्त टर्निङ सडकमा नियमित रूपमा फोहोर व्यवस्थापन हुन नसकेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

    त्यसै क्षेत्रमा रहेको आकासेधारा क्षेत्रमा सवारी चापका कारण प्रायः जाम हुने गरेको अवस्थामा सडकमै थुप्रिएको फोहोरले समस्या झन् बढाएको स्थानीयको भनाइ छ । दुर्गन्ध,वातावरणीय प्रदूषण तथा सडक प्रयोगकर्ताको असुविधाले स्थानीय बासिन्दा थप मारमा परेको उनीहरूको गुनासो छ ।

    स्थानीयले नगर प्रमुख मीठाराम अधिकारी दैनिक यही बाटो हुँदै आवतजावत गर्ने भए पनि लामो समयसम्म फोहोर नउठाइनु आश्चर्यजनक रहेको बताएका छन् । उनीहरूले तत्काल फोहोर व्यवस्थापन गरी सडकलाई सहज र सफा बनाउन माग गरेका छन् ।

    शनिवार, आषाढ २० २०८३११:१६:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार