काठमाडौं, मुलुकका विभिन्न ५ राजमार्गमा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको अपराह्न साढे १ बजेसम्मको तथ्यांक अनुसार दुई सडक खण्डमा यातायात बन्द छ भने तीन खण्डमा एकतर्फी यातायात चलिरहेको छ । बाढीका कारण मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका-५ बोखिममा एकतर्फी सडक खुलेको छ ।
कोशी राजमार्गको संखुवासभा जिल्लास्थित मकालु गाउँपालिका-३ नयाँबस्तीमा पहिरोका कारण सडक एकतर्फी छ । बीपी राजमार्गको काभ्रेस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बेनी-जोमसोम सडक खण्डको म्यादीस्थित अन्नपूर्ण गाउँपालिका-३ जलथलेमा यातायात एकतर्फी सञ्चालनमा छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।