बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

मेगा खबर संवाददाता

१९, बैशाख २०८३
  • 460
    SHARES

  • ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

    काठमाडौंका बल्खु, बंशीघाट, शंखमुल,गोंगबु लगायतका क्षेत्रमा नदी किनार तथा सडक अतिक्रमण गरी बनाइएको घर टहरा डोजर चलाएर भत्काइएको थियो ।

    तीमध्ये तीन स्थानमा मात्रै ७४४ घर टहरा भत्काइएको छ । बल्खुमा ४०१ घर, टहरा र छाप्रो हटाइएको छ । बंशीघाटमा १९३ वटा घर टहरा भत्काइएको छ भने शंखमुलमा १५० वटा घर भत्काइएको छ । बस्ती खाली भएपछि ३२३ परिवार सम्पर्कमा आएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

    शुक्रबार त्यहाँ ३२३ परिवारका १ हजार ४१४ जना सम्पर्कमा आएको छ । तीमध्ये ८० जनालाई शुक्रबार भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा पठाइएको छ । हिजो मात्रै  घर-टहरा भत्काइएपछि सम्पर्कमा आउने सुकुम्बासीहरूलाई राख्न पाँच वटा स्थान तय गरिएको थियो ।

    ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा राख्ने भनिएको थियो।

    शनिवार, बैशाख १९ २०८३०८:२९:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार