काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १८ गते (आज) देशभरका सबै सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
लगातार सार्वजनिक बिदाका कारण बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यो निर्णय गरेको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको जनाइएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।