बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२७ दिनपछि आफन्तले बुझ्यो इनिशाको शव,आजै अन्त्येष्टि गरिने

२७ दिनपछि आफन्तले बुझ्यो इनिशाको शव,आजै अन्त्येष्टि गरिने

मेगा खबर संवाददाता

१९, चैत्र २०८२
  • 841
    SHARES

  • २७ दिनपछि आफन्तले बुझ्यो इनिशाको शव,आजै अन्त्येष्टि गरिने

    सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ । १ घण्टाअघि मात्र परिवारले शव बुझेको डिएसपी मोहन बुढथापाले जानकारी दिए । इनिशाको शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थियो ।

    बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । परिवारले २७ दिनपछि इनिशाको शव बुझेको हो । विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएसँगै परिवारले शव लैजान मानेको हो । ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

    पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो ।

     

    बिहिवार, चैत्र १९ २०८२०१:११:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार