बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने

काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने

मेगा खबर संवाददाता

१९, चैत्र २०८२
  • 625
    SHARES

  • काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने

    काठमाडौँ महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई थप प्रभावकारी र द्रुत बनाउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारी थालेको छ ।

    महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले सवारी चापका कारण एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न मोटरसाइकल एम्बुलेन्सको अवधारणा अघि सारेको हो । सडकमा हुने जामका कारण एम्बुलेन्स अड्किँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै तत्काल घटनास्थलमा स्वास्थ्यकर्मी पुगेर प्राथमिक उपचार सुरु गर्न यो विकल्प रोजिएको हो ।

    बैठकमा कार्यवाहक प्रमुख डंगोलले जटिल स्वास्थ्य अवस्था सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो पुर्‍याउन स्वास्थ्य विभागलाई निर्देशन दिइन् ।

    बिहिवार, चैत्र १९ २०८२०१:०५:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार