बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने तयारी

बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने तयारी

युर्बसि पाैड्याल

१०, चैत्र २०८२
  • 712
    SHARES

  • बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने तयारी

    काठमाडौँ,चैत १० गते, अरनिको राजमार्ग अन्तर्गतको बाह्रबिसे–कोदारी सडक स्तरोन्नति कार्य सुरु गरिएको छ ।

    वर्षातले क्षतिग्रस्त भएको यस सडकको स्तरोन्नतिका लागि सडक विभागले अर्थ मन्त्रालयसँग दुई अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको छ । सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया पूरा गरी गत मङ्सिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरी निर्माण कार्य थालिएको सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

    ठेक्का रकम एक अर्ब ३४ करोडमा निश्चित गरिएको छ । सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक दुई लेनको बनाइने भण्डारीले बताए ।

    डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखि क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको सीडीई भण्डारी बताएका छन् ।

    मंगलवार, चैत्र १० २०८२१२:१०:३८
    सम्बन्धित समाचार