बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

थप ६ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

  • 2.2K
    SHARES

  • थप ६ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

    काठमाडौं । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।  

    बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
     
    मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । 

    शनिवार, जेठ ३ २०७७०६:३४:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार