नबिन पतझर
डुबेका छन् घर आँगन पानी पानीमा
डुबाईएको छ गाउँ बस्ती जानि जानीमा
गालि गर्दिन म नेता जनलाई भन्दछु
सत्ता भन्दा बाहिर जाँदैन खानी खानीमा
घर आँगन चोक गल्लि डुब्बाएको पानीमा
जिउ धन जोग्न गाह्राे हाम्रा नानी नानीमा
सुरक्षित बनाईनु पर्छ जनता ए नेता !
कमिसनमै दु: ख पाँए तिम्रा बानी बानीमा
डुबेका छन् घर आँगन पानी पानीमा
डुबाईएको छ गाउँ बस्ती जानि जानिमा
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।