काठमाडौँ, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि काठमाडौँमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाहरू गाउँ फर्किन थालेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जसअनुसार अब गाउँ फर्किनेहरूका लागि अब अब ५ दिनको समयमात्रै बाँकी छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले निर्वाचनमा करिब ७ देखि ८ लाख मानिसले काठमाडौँ छोड्ने अनुमान गरिएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।