बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अब पुर्जा प्रिन्ट र रोक्का-फुकुवा गर्न मालपोत धाउनु नपर्ने, यि महानगरका वडाबाटै हुने

अब पुर्जा प्रिन्ट र रोक्का-फुकुवा गर्न मालपोत धाउनु नपर्ने, यि महानगरका वडाबाटै हुने

मेगा खबर संवाददाता

१०, फाल्गुण २०८२
  • 586
    SHARES

  • अब पुर्जा प्रिन्ट र रोक्का-फुकुवा गर्न मालपोत धाउनु नपर्ने, यि महानगरका वडाबाटै हुने

    काठमाडौँ महानगरपालिकाले नागरिकलाई जग्गासम्बन्धी सेवा घरदैलोमै उपलब्ध गराउन ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

    आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा.कुमार इङ्नामले यो सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । संविधानले परिकल्पना गरेको ‘गाउँगाउँमा सिंहदरबार’ को अवधारणालाई मूर्त रूप दिन र सिंहदरबारमा पाइने सुविधाहरू स्थानीय तहबाटै उपलब्ध गराउन जग्गासम्बन्धी अधिकार महानगरलाई हस्तान्तरण गरिएको हो । मन्त्री इङ्नामले काठमाडौँ उपत्यकाका ९५ प्रतिशत नागरिकको मुख्य सरोकार र सम्पत्तिको स्रोत जग्गा जमिन नै रहेकाले अब सरकारी सेवाका लागि मन्त्रालय वा विभाग धाइरहनु नपर्ने बताए । 

    उनले राज्यले नागरिकलाई उद्योगधन्दामा लाग्न सिकाउन नसक्दा जग्गा नै मुख्य सम्पत्ति बन्न पुगेको भन्दै अब प्रशासनिक झन्झट मुक्त बनाउन प्रविधिको प्रयोग बढाइने जानकारी दिए ।

    आइतवार, फाल्गुण १० २०८२०१:५५:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार