बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई राष्ट्रिय सम्मानका लागि आवेदन खुला

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई राष्ट्रिय सम्मानका लागि आवेदन खुला

  • 691
    SHARES

  • वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई राष्ट्रिय सम्मानका लागि आवेदन खुला

    काठमाडौँ, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्‍याएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले “विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” अनुसार योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको छ ।

    आवेदन मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा दर्ता गर्न वा स्क्यान गरी info@moless.gov.np इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ । आवेदन फाराम र कार्यविधि मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिनेछ । 

    शुक्रवार, माघ ३ २०८२०९:०५:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार