सुरेशकुमार पाण्डे
" सर नमस्कार !"- नरेशको नजिकै आएर एकजना अपरिचित दुबै हात जोड्दै उभियो ।
" नमस्कार ! मैले खुबै ठमाउन सकिन ! नरेश आश्चार्य हुँदै नमस्कार फर्काए र भने।
" सर ! मेरोनाम करन हो । म एउटा कथा लेख्ने प्रयासमा छु सर हजुरको सहयोग चाहिएको छ। "- करनले आफ्नो परिचय दिंदै भन्यो।
एउटा अपरिचित ठिटाले कथा लेख्नका लागि आफू सँग सहयोग मागेको सुन्दा नरेश आश्चार्य पर्दै केही सोंच्न थाले।
" म सँग हजुरले कस्तो सहयोग चाहानु हुन्छ? अनि कथाको बारे मलाई खासै अनुभव पनि छैन।"-नरेशले प्रश्न गरे।
" मैले गणतन्त्रको सुरूवात सँगै जेनजी विद्रोह सम्मको अभधीलाई लिएर एउटा बुक तैयार पार्दै छु।त्यसमा हजुरले मलाई सहयोग दिन सक्नुहुन्छ ।" -करनले मुस्कुराउँदै भन्यो।
" तर अरू पनि थुप्रै संसदमा बसेका नेताहरू हुनुहुन्छ हजुरले उहाँहरूसँग सम्प्रक गर्दा हुन्छ नी ! "- नरेशले भने। " त्यो पनि हुनेथ्यो सर तर कथाको मुख्य एजेन्डा भ्रष्टाचार भएको हुँदा ।।।!
- करन बोल्दा बोल्दै रोकियो।
" तर के त म भ्रष्टाचारको नाइके हुँ? "- नरेशले करन तिर तेर्छे आँखाले हेर्दै चर्को स्वरमा सोधे।
" सर ! भ्रष्टाचारको उद्गम र त्यसको बिस्तारको बारेमा हजुरलाई भन्दा अरूलाई जानकारी नहुनसक्छ ! "- करनले एउटा डाइरीमा उसको नाम लेख्दै भन्यो।
" त्यो के आधारमा भन्नु हुन्छ हजुरले? "- नरेशले प्रश्न गरे।
" हजुर अहिलेसम्म एउटा घर पनि बनाउन सक्नु भएको छैन।
यस्को अर्थमा हजुरले झुट बोल्न जान्नु भएको रैन ररैन भन्ने बिस्वासले गर्दा।"- करनले बिस्वास व्यक्त गर्दै प्रसंसा गर्यो।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।