बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले गृह सचिवसहित ७ सचिवको गर्‍यो सरुवा,काे कहाँ ?

सरकारले गृह सचिवसहित ७ सचिवको गर्‍यो सरुवा,काे कहाँ ?

  • 505
    SHARES

  • सरकारले गृह सचिवसहित ७ सचिवको  गर्‍यो सरुवा,काे कहाँ ?

    काठमाडौँ,सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ ।

    पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै,गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएकाे छ ।

    लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव डा.कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएकाे छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ ।

    युवा तथा खेलकुद सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । 

    सोमवार, पौष १४ २०८२०२:३४:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार