बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नयाँ दलहरू मिल्दैछन्,पुराना पनि गठबन्धन गर्न सक्छन् : सञ्चारमन्त्री खरेल

नयाँ दलहरू मिल्दैछन्,पुराना पनि गठबन्धन गर्न सक्छन् : सञ्चारमन्त्री खरेल

  • 1.0K
    SHARES

  • नयाँ दलहरू मिल्दैछन्,पुराना पनि गठबन्धन गर्न सक्छन् : सञ्चारमन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताएका छन् । 

    नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताए । “यतिबेला मुलुक परिवर्तनको मोडमा छ,मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ,जेनजीको भावना अनुरूप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो”,उनले भने,उनले दलका नेताको दासका रूपमा नभई विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गरे ।

    “नयाँ राजनीतिक दलहरू मिल्दै छन्,पुराना दलहरू पनि अब गठबन्धन गर्न सक्छन्,यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ,म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु,मुलुक चुनावका लागि अगाडि बढिसकेको छ”,उनले भने ।

    त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताए । 

    आइतवार, पौष १३ २०८२०३:२२:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार