बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

१९ घन्टादेखि जलिरहेको छ हङकङको अपार्टमेन्ट कम्प्लेक्स

१९ घन्टादेखि जलिरहेको छ हङकङको अपार्टमेन्ट कम्प्लेक्स

मेगा खबर संवाददाता

१२, मंसिर २०८२
  • 934
    SHARES

  • १९ घन्टादेखि जलिरहेको छ हङकङको अपार्टमेन्ट कम्प्लेक्स

    हङकङको ताइ पो जिल्लास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।

    बुधबार दिउँसोदेखि सुरू भएको आगलागीमा हालसम्म ४४ जनाको मृत्यु भइसकेको र २७९ जना अझै सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रको ३२ तले भवनबाट आगो सल्किएको थियो । त्यसले वरपर रहेको अरू भवनहरूमा आगो फैलिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ । आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । 

    ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ ।

    बिहिवार, मंसिर १२ २०८२०७:५८:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार