काठमाडौँ, काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौँको सोह्रखुट्टे स्थित मिलीजुली चोकबाट उनीहरूलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको हो । व्यावसायिक भिसामा बसेर उनीहरुले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँहरूसँग विवाह गराउने गरेको भेटिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले जानकारि दिए । पक्राउ पर्नेमा १ जना महिला र ३ जना पुरुष छन् ।
आरोपीहरूले नेपाली किशोरीहरुलाई टिकटक बनाउन लगाएर त्यसमार्फत अन्य चिनियाँलाई साथी बनाएर विवाह गर्ने काम ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको निर्देशक ढकालले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।