सुरेशकुमार पाण्डे
" कति राम्रो विचार छ रामहरीको "- विनोदले रामहरीको प्रसंसा गर्दै भन्यो ।
" होर ? मलाई उहाँको बारेमा खासै जानकारी छैन तर केहीको मुखबाट उन्को बारेमा खासै राम्रो कुरा आएको पनि थाहाछैन बरू आलोचना भने कताकतिको मुखबाट आएको सुनेको छु । "- अरूनले पनि आफ्नो विचार राख्यो ।
" मानिसलाई चिन्ने भनेको त उसले अप्नाएको व्यवहारले नै हो । अहिले उहाँको दोकानमा गएको वेला कति राम्रा कुरा गर्नु भएको थियो सुन्नु भएन र हजुरले? " विनोदले प्रश्न गर्यो । " हामिसँग उहाँले गरेको विचार र व्यवहारले मात्र पुग्दैन । किन की हामि मिडियासँग जोडिएका साहित्यकारहरू सँग उँहाले देखाएको सद्भाव वा आत्मियताले मात्र उँहालाई सही वा गलत भन्न सकिदैन ।" - अरूनले आफ्नो जिज्ञासा राख्यो ।
" अरू के गर्ने त ? "उसले सटिकमा प्रश्न खडा गर्यो । " सबैसँग राम्रो व्रवहार गर्नुपर्छ । उँहाको अरूसँगको व्यवहार र विचारले बढी महत्व राख्छ ।"- अरूनले सटिकमा भन्यो ।
" हामिले त उस्को विचार पनि सुन्यो व्यवहार पनि राम्रै होला जस्तो छ ।"- आजको बसाई यतै हो । रातिमा थाहा हुन्छ ।
" हामिले कलात्मक सुन्दरतामा सजाएर लेखेको लेख होइन बरू यथार्थमा विचार र व्यवहारको घालमेलले पुष्टी भएको हुनुपर्छ । "- अरूनले भन्यो ।
" मुर्दार काम साम छैन खान पल्किएको ! "- त्यहीवेला बाहिर कसैको आवाज आयो । " यसवेला को बोल्यो ? अरूनले बाहिरतिर हेर्यो त्यहाँ रामहरीले एउटा दश वर्षको बालखलाई हकार्दै थिए । " गोठको मल फाल्नुछैन गाई भैंशीलाई घाँस को तेरो बाले काट्छ?"- फेरी कर्कट वाजले विनोद र अरूनलाई झसङ्ग पर्यो ।
" साहिद मेरो मूल्यांकन गलत हुनसक्छ।"-विनोदले अरूनतिर हेर्दै बिस्तारै भने ।
दाङ घोराही १८
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।