काठमाडौँ, सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ ।
विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार एन–एएमएस कल साइनको उक्त हेलिकप्टर आज बिहान ०७ः ४१ बजे पर्यटक उद्धारका लागि लोबुचेतर्फ प्रस्थान गरेको थियो ।
अवतरण गर्ने क्रममा बिहान ०७ः५२ बजे हेलिकप्टर दुर्घटनामा परेको कम्पनीले जनाएको छ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।