काठमाडौं, जेनजीले भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कलंकीको मालपोत कार्यालयमा पनि तोडफोड तथा आगजनीका घटना भए ।
आगजनीका क्रममा सबै श्रेस्ता जलेर नष्ट भएपछि नयाँ विवरण मागिएको छ । दुई लाखभन्दा बढी श्रेस्ता जलेपछि कार्यालयले सम्पूर्ण घरजग्गाधनीसँग विवरण मागेको हो । कार्यालयका सबै प्रमाण जलेर नष्ट भएपछि नयाँ विवरण मागिएको कलंकी मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत रवीन ढकालले बताए ।
के–के विवरण बुझाउने त ?
हाल अभिलेख जलेर नष्ट भएकाले दैनिक सेवा प्रवाह बन्द रहेको कार्यालयले जनकारी दिएको छ । सेवा प्रवाह पुनः सूचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित हुनुपर्नेछ । जग्गाधनीले मालपोतमा बुझाउनुपर्ने विवरण यस्तो छ–
क. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
ख. जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी एकीन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस ।
ग. जग्गाधनीसँग भएको सक्कल पुर्जा ।
घ. जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति ।
ङ. प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा ।
च. चालु आ.व.को मालपोत बुझाएको रसिद ।
छ. जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति ।
ज. आवश्यकताअनुसार स्थलगत सर्जमिन ।
झ. आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना ।
ञ. गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र ।
ट. अन्य प्रमाणहरू ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।