काठमाडौँ, जल तथा मौसम विज्ञान विभागले आज दिउँसोदेखि मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने बताएको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए । “शनिबार राति नवलपरासी पश्चिम,नवलपरासी पूर्व,तनहुँ, लमजुङ, गोरखा,धादिङ,चितवन,मकवानपुर,बारा,पर्सा,रौतहट,सर्लाही,काठमाडौँ,भक्तपुर,ललितपुर,काभ्रे,सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,” उनले भने,“आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी,कालीगण्डकी,सेती,मादी,मर्स्याङ्दी,दरौँदी,त्रिशूली,पूर्वी राप्ती,बागमती,कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।