काठमाडौं, नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ ।
टेलिकमको 'ओसीएस मोड्युल'मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको उनको भनाइ छ ।
अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।