देशकै प्रमुख व्यापारिक मार्गको रूप रहेको सो सडकको विभिन्न क्षेत्रमा पहिरो खस्दा लाखौं मालसामान सीमा क्षेत्रमा रोकिनु परेको छ ।
२०७२ सालको भूकम्प र कोरोना महामारीपछि बन्दको अवस्थामा रहेको सो नाका रसुवाको केरूङ नाका बाढीले क्षति पुर्याएसँगै पुन: लयमा फर्किएको भए पनि कोदारी पहिरो,दाकलाङ लगायत विभिन्न क्षेत्रमा गएको पहिरोमा कारण निर्धक्क रूपमा यात्रा गर्न सकिने अवस्थामा भने छैन । प्रमुख व्यापारी मार्ग भए पनि सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा हरेक वर्ष पहिरो झेल्नु परेको स्थानीयहरू बताउँछन् ।
भोटेकोशी गाउँपालिकामा २- चौकीडाँडाका स्थानीय कृष्ण बहादुर राईका अनुसार कोदारी पहिरोले हरेक वर्ष असार साउन महिनादेखि दुःख दिने,हिउँदको समयमा पहिरो रोकथामका लागि स्थानीय सरकार,सङ्घ र प्रदेश सरकारले खासै ध्यान नदिएको कारण अहिले सुख भोग्नु परेको बताए । सो पहिरोले सडक मात्र नभएर ३ सय जति घरधुरी जोखिम रहेको उनले जनाए । स्थानीयले हरेक पटक पहिरो रोकथाम र बाटो मर्मतका लागि माग राखे पनि कहीँकतैबाट सुनुवाइ नभएको राईले बताए ।
स्थानीय अर्जुन धतानेका अनुसार कोदारी पहिरो २०३८ सालबाटै सुरू भएको पनि हालसम्म प्रभावकारी रूपमा नियन्त्रणको काम नभएको बताए । मुख्य नाका भएको हुनाले सरकारले यसको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने भए पनि हालसम्म त्यस्तो केही नगरेको उनले बताए ।
हरेक वर्ष पहिरोले बाटो बन्द हुने अवस्था छ तै पनि सम्बन्धित निकायको ध्यान नगएको उनको गुनासो छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।