काठमाडौं, मुग्लिन-नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द रहने भएको छ ।
यस सडकखण्डको तुइनखोलामा खसेको पहिरो हटाउन दुई घन्टा सडक बन्द गर्न लागिएको हो । यहाँ खसेको पहिरो ४५ घन्टापछि हटाएर आइतबार अपराह्नदेखि एकतर्फी रूपमा सडक खुला गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द रहने सडक डिभिजन भरतपुरले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।