काठमाडौं, सरकारले इम्बोस्ड नम्बर अनिवार्य गरेसँगै अहिले विभिन्न ९ वटा कार्यालयबाट यसको जडान भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
यी हुन् १ असोजदेखि जडान सुरु हुने कार्यालय
विभागका अनुसार १ असोजदेखि भने थप ७ कार्यालयबाट इम्बोस्ट नम्बर जडान थालिने भएको छ । सुदूरपश्चिमका हकमा यातायात व्यवस्था कार्यालय धनगढी र कञ्चनपुरमा सोही दिनबाट इम्बोस्ड नम्बर जडान थालिने छ ।
मधेशका हकमा यातायात व्यवस्था कार्यालय लहान सिरहाबाट जडान सुरु हुने भएको छ । बागमतीको चितवन,कोशीमा सुनसरी इटहरी र झापा बिर्तामोडमा १ असोजदेखि जडान थालिने भएको छ ।
संघ,प्रदेशका मन्त्रीस्तरीय विषयगत समिति बैठकले इम्बोस्ड नम्बर प्लेट जडान तीव्रता दिन १ असोजदेखि सवारीसाधन दर्ता, नामसारी वा नवीकरणमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ । विभागले आफूलाई पायक पर्ने समय र कार्यालय गएर यस्तो नम्बर प्लेट राख्न भनेको छ ।
यसबाट निकट भविष्यमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भई सवारीसाधनको विवरण डिजिटाइज हुनेछ । यसका लागि सरकारले सबै प्रदेश समेट्ने गरी मुख्य प्रवेशद्वार वा प्रवेश बिन्दुमा नेपालभरि १० स्थानमा आरएफआईडी गेट बनाउने भएको छ । यसमध्ये काठमाडौंको २ स्थानमा निर्माण सम्पन्न भई प्रयोगमा समेत ल्याइसकिएको विभागले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।