काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको छ ।
अहिलेसम्म १७ जना कारबाहीमा परेका छन् । सार्वजनिक स्थानमा धुम्रपान गरेबापत १७ जनाले ५ सय रूपैयाँका दरले जरिवाना बुझाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार आइतबारदेखि कारबाही गर्न सुरू गरिएको हो ।
सार्वजनिक स्थानमा धुम्रपान नगर्न साउन मसान्तसम्म हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका थियौं । तर हिजोदेखि जरिवाना तिराउन सुरू गरेका छौं,उनले भने,सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूबाट आइतबार ८ हजार ५०० रूपैयाँ जरिवाना उठेको उनले बताए ।
कोही व्यक्तिले सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिँदा सो व्यक्तिलाई ठाउँको ठाउँ जरिवाना तिराउने गरिएको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।