काठमाडौं, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ ।
उच्च अदालत पाटनको उत्प्रेषण परमादेश आदेश अनुसार विज्ञ समितिको सिफारिसका आधारमा चारवटा स्वास्थ्य संस्था सूचीकरण गरिएको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । सूचीकरणमा परेका स्वास्थ्य संस्थाहरुमा स्टार हस्पिटल,ह्याम्स अस्पताल,मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किष्टल डायग्नोष्टिक प्रा.लि. छन् ।
नेपाल मेडिसिटी हस्पिटलको भने हाललाई सूचीकरण प्रक्रिया स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।