काठमाडाै, सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलमाथि आफ्नै क्वाटरमा काम गर्ने भान्से शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट वर्खास्त गराएको आरोप लागेको छ ।
पीडित शंखर कार्की
डिएसपीका लागि लसुन–प्याज नहालिएको र फरक भाँडाकुडा प्रयोग गरिएको रोटी–तरकारी बनाइएको थियो । डिएसपी खरेल नियमीत सोही समयमा लसुन प्याजसमेत नहालीएको सात्वीक भोजन गर्ने गरेका थिए । नियमीत झैं खाना खान आएका खरेलले सो दिन भने ‘मलाइ बिहान ४ बजे बनाइएको बासी रोटी खान दिन्छस्’ भन्दै अपशब्द प्रयोग गर्दै कार्कीलाई दुई झापड हानेको आरोप छ । आत्मरक्षाका क्रममा तेस्रो मुक्का रोक्ने प्रयास गर्दा ट्रे फुटेर डिएसपीको काँधमा चोट लागेको र त्यसपछि अझ आक्रोशमा आएर आफूलाई पशुजस्तै कुटपिट गरिएको कार्कीको दाबी छ । कुटपिटपछि पनि भाँडा माझ्दै गर्दा प्रहरी निरीक्षक रुपेश शाह आएर थप कुटपिट गर्दै उनलाई हिरासतमा पु¥याएको कार्कीले बताए ।
डिएसपी खरेलको भनाइ
म सामान्य अवस्थामा बिहानको खाना १२ः३० देखि १ः ०० बजेभित्र खाने गर्छु । साउन २२ गते काम विशेषले १२ः१५ को समयमा नै बाहिर जानुपर्ने भएका कारण आफूसँग खटिएका प्रहरी जवानमार्फत सिनियर प्रहरी अधिकृत मेसमा खटिएका कार्कीलाई १२ बजेसम्म खाना बनाइसक्नु भनी आदेश दिएँ । तर कार्कीले आदेशबमोजिम खाना बनाउनुको सट्टा उत्तेजित तवरले कुरा गरी खाना नबनाइ बसेछन् । म खाना नखाई बाहिर गएँ । २ः०० बजेको समयमा कार्यालय फर्किएर खाना मगाउँदा कार्कीले पुनः उत्तेजित हुँदै प्रहरी जवानसँग रुखो व्यवहार देखाएछन् ।
उनले देखाएको व्यवहार अनुशासनहीन र उत्तेजित देखिएपछि बोलाएर सोधपुछ गर्न थालेँ । सोधपुछ गर्न खोज्दा भान्से कार्कीले हातमा रहेको सेरामिक्स प्लेटले एक्कासि म माथि प्रहार गरे । प्लेट प्रहारबाट मलाई चोटपटक पनि लागेको छ । कार्कीलाई नियन्त्रणमा लिन आदेश दिएँ र म अस्पताल गएँ । त्यसपछि नियन्त्रणमा लिएर क्वार्टर गार्डमा राखियो । क्वार्टर गार्डमा पनि उनले हो हल्ला गर्ने,गालीगलौज गर्ने जस्ता अमर्यादित व्यवहार देखाएपछि यस्तो कार्य नगर्न भन्दै कार्यालयका सुवेदार मेजर,हवल्दार मेजर तथा गार्ड कमाण्डहरुले सम्झाउन खोजेछन् । उनीहरुलाई समेत मुख लाग्ने,गाली गरेका थिए । त्यसपछि फिल्ड अधिकृत डिउटीमा रहेका इन्स्पेक्टर रुपेश साह सम्झाउन गएका रहेछन् । उनले फिल्ड अधिकृतलाई त लात्तिले नै प्रहार गरेछन् । यसरी फौजी अनुशासन र चेन अफ कमाण्ड विपरीत अमर्यादित कार्य गरेकोले प्रहरी ऐन र नियमावली अनुरूप नै कारबाही गरिएको हो । भान्सेले लगाएका सबै आरोपहरू निराधार हुन् । मैले सात्विक भोजन गर्नेगरेको तर यस घटनामा बाहुन,बासीभात इत्यादि कुराहरूको कुनै सम्बन्ध नै छैन ।
मैले त १- २ महिनामा एक पटक भात खान्छु तसर्थ बासी भातको कुरै आउँदैन । सामाजिक सञ्जालमा जुन प्रकार पीत पत्रकारिताले स्थान पाएको छ,यो व्यवसायीक पत्रकारिता होइन । तत् तत् पत्रकारहरुले आम नागरिक माथि गरेको विश्वासघात हो ।
यसरी गरीयो बर्खास्त
हेटौडा रातमाटेमा दरबन्दी रहेको कार्यालय सहयोगी कार्की साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा काज आएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पनि भान्से कार्कीले डिएसपी र इन्स्पेक्टरलाई प्रहार गरेको पुष्टि भएको दाबी गर्दै भने,नेपाल प्रहरी अनुशासन र चेन अफ कमान्ड तोडेकाले विभागीय नीति अनुसार बर्खास्त गरिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।